आजदेखि यमपञ्चक सुरू भएको छ।
तिहार फूलको पर्व पनि हो। ढकमक्क फूलेका फूलले घर सजाउनेदेखि भाइटीकामा मालासमेत लगाइन्छ।
यतिमात्र होइन, कुकुर, गाई-गोरूलगायत पूजामा पनि फूलको प्रयोग हुने गरेको छ।
यसपटक फूलको व्यापार पोहोरजस्तो छैन। कोरोनाभाइरस महामारीले चाडपर्व उल्लासमय छैन। जसले गर्दा फूलको व्यापारमा समेत प्रभाव पारेको छ।
काठमाडौं इचंगुका स्थानीय बासिन्दाले सयपत्री फूलको व्यवसायिक खेती गरेका छन्। सोचेजस्तो व्यापार नहुने भएपछि उनीहरू चिन्तित देखिएका छन्।
हेर्नुस् बारीमा ढकमक्क फूलेका सयपत्रीका तस्बिरहरू: