ललितपुर महानगरले दैनिक ३ घण्टा धार्मिक एवम सांस्कृतिक क्षेत्रको सरसफाइ शुरु गरेको छ।
शुक्रबार विहानबाट ललितपुर महानगरले आफ्नो क्षेत्र भित्र रहेको जिर्ण मठमन्दिर, पाटी, पौवा, सतल, ढुंगेधारा, इनार, पोखरी, देवालय , शिवालय लगायतका स्थानमा सफाइ अभियान शुरु गरेको हो ।
ललितपुर महानगरका मेयर चिरिवाबु महर्जनले आफ्नो नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रको सरसरफाइ गर्न निर्देशन दिएसँगै नगरी प्रहरी यस कार्यमा खटेको छ।
नगरी प्रहरी विहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म सरसफाइ अभियान चलाइरहेको छ।
पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति नारासहित नगरी प्रहरी सरसफाइ अभियानमा खटेको नगर प्रहरी प्रमुख सिताराम हाँछेथुले जानकारी दिए।
धार्मिक, सांस्कृतिक, एवम ऐतिहासिक रुपमा ललितपुर मठमन्दिरै मन्दिरले सजिएको छ। संरक्षण नगर्दा यी सम्पदा लोभ हुने अवस्थामा रहेको उनले बताए।