पशुपति क्षेत्र विकास कोषको गुरूयोजनाविरूद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
पशुपति क्षेत्र संयुक्त संघर्ष समिति काठमाडौंले बुधबार बिहान कोषको कार्यालय घेराउ गरेका हुन्।
पशुपति क्षेत्रलाई साँस्कृतिक स्वायत क्षेत्र घोषणा गर्न उनीहरूको माग छ।
उनीहरूले विकास कोष खारेज गर्न माग गरेका छन्।
प्लेकार्डसहित कोषको कार्यालय घेर्न पुगेका स्थानीय बासिन्दाले ‘विकास कोष चाहिँदैन, विकास कोष खारेज गर, बस्ती मास्न पाइँदैन’ जस्ता प्लेकार्डसहित प्रदर्शन र घेराउ गरेका हुन्।