सुनसरीमा ९७ प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार ९७ जना प्रहरीमा संक्रमण देखिएको हो।
प्रहरीलाई सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा प्रवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
प्रहरीको हिरासतमा रहेका अभियुक्त तथा चमेना गृह सञ्चालन गरिरहेका व्यक्तिमा समेत सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृतिका मुद्दा बाहेक सेवा रोकिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए।
'समाजमा गम्भीर प्रकृतिका केस छन् भने लिन्छौँ' तर, सामान्य झै–झगडा तथा छलफलबाटै समाधान हुन सक्ने केसहरू लिएर कार्यालयमा आवतजावत नगर्न अनुराेध गरेका छाैँ' थापाले भने।
टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेकाले आवश्यक सेवा साेही माध्यमबाट पनि लिन सकिने भएकाले सकेसम्म कार्यालयमा नआउन उनले आग्रह गरेँ।