बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड- १९ अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारीअनुसार सप्तरीको राजविराज ७ का ५५ वर्षीय पुरूष छन् र राजगढ गाउँपालिका ६ का ५० वर्षीय पुरूष छन्।
५५ वर्षीय पुरूषलाई छिन्नामस्त अस्पताल, सप्तरीले रिफर गरेको थियो। उनी विगत १५ वर्षदेखि मधुमेह र उच्चा रक्तचापको बिरामी थिए।
उनको आज दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको बताइएको छ।
यसैगरी अर्का ५० वर्षीय पुरूषको उपचारको क्रममा आज दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए।