काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि चेकिङमा कडाइ गरिएको छ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासनले बुधबार रातिदेखि लागू हुनेगरी गरेको निषेधाज्ञा जारी गरेको थियो।
यसैगरी प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई कारबाही गरेको छ।
निषेधाज्ञापछि काठमाडौं उपत्यका सुनसान बनेको छ।
सडकमा पानी, औषधि ढुवानी, प्रेस, जस्ता अत्यावश्यक सवारीसाधन मात्रै चलेका देखिन्छन्। सहरका भित्री क्षेत्रमा केही फलफूल, तरकारी, किराना तथा औषधि पसल फाट्टफुट्ट सञ्चालनमा छन् भने अरु सबैजसो पसल बन्द छन्।
पहिलो दिन बिहीबार बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द छन्। चोक चोकमा प्रहरी तैनाथ देखिन्छन्।
हिजो राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्ला प्रशासनले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।
यस अवधिमा अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्ने वा निषेधाज्ञाको अवज्ञा गर्नेलाई ५ सय जरिवाना तथा १ महिनासम्मको कैद हुन सक्ने प्रशासनले जनाएका छन्।
हेर्नुस् तस्बिरहरू