साउनमा प्रकृति पनि जताततै हरियो हुन्छ। प्रकृतिको यही हरियालीमा लय मिलाउन हिन्दु महिलाहरूले साउनमा हातमा हरियो चुरा र गलामा हरियो पोते लगाउँछन्।
केही वर्षदेखि यो चलन सहरी क्षेत्रमा पनि फेसनजस्तै बनेको थियो। फेसन बनेपछि त्योसँग ठूलो आर्थिक गतिविधि जोडिने भइहाल्यो। त्यही भएर साउन लाग्नासाथ पोहोर-परार इन्द्रचोक, असनका पसलहरू भीड हुन्थ्यो। वर्षभरि नभएको व्यापार एकै महिनामा हुन्थ्यो।
यसपालि पनि साउन आएको छ तर असनका पसलमा हरियो चुरा-पोते किन्ने र मेहन्दी लगाउनेहरू भीड भने लागेको छैन।
कोरोनाभाइरसले अर्थतन्त्रका सबै सूचक सुस्त भएका बेला साउने फेसनमा पनि गहिरो असर देखिएको हो।
पोहोर/परार मारामार व्यापार गर्ने पसलेहरू अचेल बौनी नै नहोला कि भन्ने चिन्तामा छन्।
‘पसल त खोलियो बौनी होला कि नहोला भन्ने चिन्ता छ। सबै पसलमा हेर्नुस् न चहलपहल नै छैन,’ इन्द्रचोकका पोते पसले मोहम्मद अख्तरले भने।
मेहन्दी लगाउने समूह बिका हिनाका अनुसार पोहोर परारभन्दा अहिले २० प्रतिशतमात्र ग्राहक मेहन्दी लगाउन आएका छन्।
तस्बिरहरू: