ट्याक्सी व्यवसायी सरकारविरूद्ध सडकमा उत्रिएका छन्।
लकडाउनले आफूहरू मारमा परेको भन्दै उनीहरूले विभिन्न माग अघि सारेर सडकमा उत्रिएका हुन्।
उनीहरूले रोगको त्रास भोकको पीडा,ऋणको तनावबाट ट्याक्सी चालक स्वरोजगार र व्यवसायीलाई बाँच्न देऊ, विभेदकारी नीति अन्त्य गर,स्वास्थ्य मापदण्ड बनाइ ट्याक्सी सञ्चलान गर, घरधनीले कोठाभाडा माग्यो सरकारलगायत पम्प्लेट ट्याक्सीमा टाँसेर सरकारको विरोधमा उत्रिएका हुन्।
काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
मंगलबार काठमाडौंको विभिन्न स्थानबाट प्रदर्शन गरेर ठूलो संख्यामा ट्याक्सी व्यवसायी यातायात व्यवस्था विभाग मिनभवन पुगे।
यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक गोगन बहादुर हमालसमक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाए।
‘चालकहरू ट्याक्सीसहित थुप्रो मात्रामा निस्किएका छन्। उहाँहरूले ऋण मिनाह गर्नुपर्ने, मारमा परेको भन्दै विभागमा आउनुभएको हो,'महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने,'ट्याक्सीहरूलाई बाहिर राखेर केहीलाई भित्र जान दिइएको छ।'
हेर्नुस् तस्बिरहरू :