रोजगारीका लागि कुवेत पुगेका १५० नेपाली महिला स्वदेश फर्किएका छन्।
कोरोनाभाइरसपछि सिर्जित समस्यामा परेका डेढ सय नेपाली महिलालाई कुवेतबाट ल्याइएको हो। अर्को जहाजबाट थप १५० नेपाली आउँदै छन्।
कुवेत सरकारकै पहलमा जजिरा एयरवेजको न्यारोबडी विमानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्।
त्रिभुवन विमानस्थलमा आवतरण गरेपछि उनीहरुलाई नेपाली सेना तथा साझाका बसमार्फत होल्डिङ सेन्टरमा लगिएको छ। उनीहरुलाई सम्बद्ध स्थानीय निकायमार्फत आफ्नो घर पठाइने छ।
विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने सरकारको प्रयासपछि विभिन्न देशबाट स्वदेश फर्किने क्रम चलिरहेको छ।
जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट नेपालीहरु स्वदेश फर्किनेछन्।