चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका-११ बस्ने ६८ वर्षका पुरूष भएको भरतपुर अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।
पछि कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याएर कोभिड आइसियूमा राखेर उपचार गरिदैं आइएकोमा मंगलबार बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालको भनाइ छ।
मृतकलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या थियो।
अस्पतालले पछिल्लो समय भएको कोरोना र निमोनियाका कारण उनको मृत्यु भएको जनाएको छ।