म्यानमारबाट आएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखिएको छ।
त्रिभुवन विमानस्थलबाट नेपाली सेनाको बसमार्फत् उनीहरूलाई सिधै बसुन्धारास्थित यती इभेन्ट्सको भवनमा लगिएको हो।
सेन्टरमा उनीहरूको ज्वरो जाँच गरिएको थियो। उनीहरू त्यहाँ रहँदाको सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्नेछ।
कोभिड–१९ को संकटपछि विदेशमा रहेका नेपाली पहिलोपटक आएका हुन्। उनीहरूको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ।
उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सिसिएमसीको बैठकले निर्णय गर्नेछ। सम्बद्ध स्थानीय तहमार्फत् उनीहरूको व्यवस्थापन तथा निगरानी हुनेछ।
तस्बिरहरू :
यी पनि :
साढे २ महिनापछि विमानस्थलमा यात्रु आउँदा (फोटोफिचर)
म्यानमार एयरफोर्सको जहाजले काठमाडौं ल्याइदियो २६ नेपाली