सोमबार कर्णालीमा थप ३५ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुर्खेतका १६, दैलेखका ९, सल्यानका ९ जना र अछामका एक जना रहेका छन्। अछामका चौरपाटी गाउँपालिका–२ का ३१ वर्षीय पुरूषको सुर्खेतको प्रयोगशालामा गरिएको स्वाब परीक्षण्का पोजेटिभ देखिएको हो।
सोमबार थपिएकामध्ये सुर्खेतको लेकवेंशी नगरपालिका–१ का ७ जना पुरूष, एक जना महिला, वडा नम्बर २ का १ जना पुरूष, ३ का २ जना पुरूष, वडा नम्बर ५ का एक जना पुरूष रहेका छन्।
यस्तै, पञ्चपुरी नगरपालिका– १० का एक जना पुरूष, भेरीगंगा नगरपालिका–११ का चार वर्षीय बालक र दुई जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।
दैलेखको नारायण नगरपालिका–१ का दुई जना पुरूष, वडा नम्बर ३ का ३ जना पुरूष, वडा नम्बर ८ का २ जना पुरूष, चामुण्डा विन्द्रासैनी नगरपालिका–७ का एक जना पुरूष, नौमुले गाउँपालिका–२ का एक जना पुरूषमा कोरोना संक्रमण देखिएको छ।
यसैगरी सल्यानको वनगाड कुपिण्डे नगरपालिका–३ का ४ जना पुरूष, वडा नम्बर ४ का ३ जना पुरूष, वडा नम्बर ६ का एक जना पुरूषमा कोरोना संक्रमण देखिएको छ।
सोमबार थपिएका सबैको स्वाब सुर्खेतमा रहेको प्रयोगशालामा परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
योसहित कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या २३३ पुगेको छ।
सोमबार थपिएको सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।