लकडाउनले हामी सबै घरभित्र थुनिएका बेला काठमाडौंका केही ठाउँमा भने एक दिन नबिराई काम भइरहेको छ। त्यसैमध्ये एक हो, रानीपोखरी।
२०७२ सालको भुइँचालोपछि मासिएको रानीपोखरी जीर्णोद्धार क्रममा यतिबेला पर्खाल लगाउने र पिँधमा इँटा छाप्ने काम भइरहेका छन्। बीचको मन्दिरसम्म जाने पुल, मन्दिर पुनर्निर्माण र पोखरी वरिपरि सौन्दर्यीकरणको काम पनि भइरहेका छन्।
पोखरीको पिँधमा इँट्टाको सोलिङ गर्ने काम भने अन्तिम चरणमा आएर ढिलाइ भएको छ। निर्माण सामग्रीको अभावमा सोलिङको काम ढिलाइ भएको हो।
रानीपोखरी पुनर्निर्माण वैशाख अन्तिमसम्म सक्ने लक्ष्य लिइएको थियो। लकडाउनका कारण केही समय लम्बिएको छ। सबै कामदार आउन नसकेकाले ढिलाइ भएको हो।