कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने घोषणा गरेको छ।
तर आइतबार काठमाडौं उपत्यकाभित्रका सडकमा सवारी साधन खचाखच देखिए। लकडाउन खुलेको झल्को दिने गरी सडकमा सवारी साधन गुडेका थिए।
काठमाडौंमा लकडाउन केही खुकुलो भएको संकेत सडकमा देखिन्थ्यो। ट्राफिक प्रहरीले पनि सवारी साधन सञ्चालनका लागि टाइम कार्ड लागू गरेको छ।
टाइम कार्ड लागू गरेको र ठाउँठाउँमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गरेकोले पनि भीड भएको हो। विहान ९ देखि १० बजेसम्म र बेलुकी ५ देखि ६ बजेसम्म सवारी साधनले सडक जाम भएको थियो।
नेपालमा अहिलेसम्म एक सय १० जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। तीमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने अरू उपचारमै छन्।
आइतबारदेखि सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्था, उद्योगका सवारी साधन चलेका कारण पनि सडकमा भीड देखिएको हो।
हेर्नुस् तस्वीरहरू: