नागढुंगामा विराटनगरबाट आएका झण्डै ५० बढी मानिस १२ घण्टादेखि अड्किएका छन्।
महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो।
उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा आइपुगे। नागढुंगाबाट प्रहरीले उनीहरूलाई काठमाडौं छिर्न दिएन। त्यहीँ ओराल्यो।
बालबच्चादेखि वृद्धवृद्धासम्म अलपत्र परेका छन्।
उनीहरूलाई जहाँबाट आएका हुन त्यहीँ फर्काउने निर्णय भयो तर विराटनगर जाने गाडी नपाएकाले ती यात्रुहरू अहिले पनि नागढुंगामा अलपत्र परेका छन्।
तस्बिरहरू :
यो पनि :
बझाङ जान काठमाडौं आएकालाई फेरि विराटनगर नै फर्काउने!