वीर अस्पताललाई मारवाडी युवा मञ्चले स्यानिटाइजरिङ बुथ प्रदान गरेको छ।
शहरी विकासमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगर उपमेयर हरिप्रभा खड्गीलाई एक कार्यक्रमका बीच बुथ हस्तान्तरण गरिएको छ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयासस्वरुप यो बुथ बनाइएको मञ्चले जनाएको छ।
सर्वसाधारण वीर अस्पताल छिर्नेवित्तिकै बुथमा जानुपर्नेछ। बुथमा व्यक्ति प्रवेश गर्नेवित्तिकै सेन्सरको माध्यमबाट स्वचालित रुपमा स्यानिटाइजरको स्प्रे शरीरमा हुनेछ।