लकडाउनका कारण धार्मिक स्थलमा रहेका जनावरलाई समेत खानाको समस्या देखिएपछि विभिन्न संघसंस्थाले खाना जुटाइदिन थालेका छन्।
पशुपतिनाथ, स्वयम्भू लगायत क्षेत्रमा रहेका बाँदर, कुकुर, गाइगोरु, परेवा तथा चराचुरुङ्गीलाई विभिन्न क्षेत्रका समुदायले खाना जुटाइदिन थालेका छन्।
यसै क्रममा आज पशुपतिनाथ र स्वयम्भू परिसरमा स्नेहा केयरले जनावर तथा चराचुरुङ्गीलाई खाना दिएको छ।
केयरकी फाउण्डर स्नेहा श्रेष्ठले सरकारले लकडाउनका बेला यस्ता जनावरका लागि पनि खानाकाे व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
लकडाउनका कारण पशुपति, स्वयम्भूजस्ता धार्मिक क्षेत्रमा मानिसको आवागमन नभएपछि जनावरको खाना समेत प्रभावित बनेको छ।