कीर्तिपुरका युवाहरूले नगर क्षेत्रभित्रका ज्यालादारी मजदुरलाई खाना बाँड्न थालेका छन्।
आइतबारदेखि उनीहरूले दैनिक काम नपाएर अलपत्र परेकाहरूलाई खाना खुवाउन थालेका हुन्।
स्थानीय युवाहरू विनोद महर्जन, नवीन श्रेष्ठ, रविन्द्र महर्जन, सकेश महर्जन, कृष्ण श्रेष्ठ, मनोज बुढाथोकीलगायतले आफैं पैसा उठाएर खानाको व्यवस्था गरेका हुन्।
आइतबार बिहान उनीहरूले रेष्टुरेन्टबाट पकाएर ल्याएको खाना बाँडेका थिए।
कीर्तिपुरको लोकतान्त्रिक चोक र नगाउँ दोबाटोमा खाना खुवाइएको नवीन श्रेष्ठले बताए।
बिहान ९ देखि ११ र साँझ ५ देखि ७ बजेसम्म खाना दिइन्छ। त्यो समयमा आउने सबैलाई आफूहरूले खाना खुवाउने श्रेष्ठले बताए।
हेर्नुस् तस्बिर :