ललितपुरको मस्जिदमा राख्न ल्याइएका १३ इन्डोनेसियन नागरिकलाई व्यापक विरोधपछि गोदावरीको एक रिसोर्टमा व्यवस्थापन गरिएको छ।
बुधबार राति महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित एक मस्जिदमा १३ इन्डोनेसियन नागरिकलाई राख्न लगिएको थियो।
'मलाई कुनै जानकारी बिना नै रातारात यता राख्न ल्याएछन्,'महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले भने,'हामीले आज सिडिओसँग समन्वय गरी गोदावरीको एक रिसोर्टमा लगिएको छ।'
उनका अनुसार स्थानीयले पनि उनीहरूलाई त्यहाँबाट हटाउन दबाब दिएका थिए।
बिना कुनै जानकारी ल्याएपछि नगरपालिकाले सुरक्षित स्थानमा राख्न लगिएको बताएका हुन्।
सप्तरीबाट फर्किएका ती नागरिकहरू बनेपास्थित एक मस्जिदमा जान खोजेका थिए तर त्यहाँ राख्न नमानेपछि उनीहरूलाई प्रहरीले इमाडोलको मस्जिदमा राख्न ल्याएको हो।
उक्त मस्जिदमा बालबालिका तथा वृद्धाहरू समेत बसेका थिए। ती इन्डोनेसियन नागरिकहरू जनवरी २१ तारिख र फेब्रुअरी ११ तारिखमा नेपाल आएका थिए।
उनीहरू सप्तरीको इस्तेमा (मुस्लिम समुदायको धार्मिक प्रवचन)का लागि आएका थिए।
यो पनि:
कसरी आइपुगे ललितपुरको क्वारेन्टाइनमा १३ इन्डोनेसियन?