लकडाउनको आज सातौं दिन। कोरोनाभाइरसको जोखिम न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत मंगलबारदेखि लकडाउन गर्ने निर्णय गर्यो।
निर्णय गरे पनि लकडाउनको अवज्ञा थुप्रैले गरे।
पहिलो दिन प्रहरी तथा ट्राफिक प्रहरीले सर्वसाधारण तथा सवारी साधनलाई सम्झाइबुझाइ पठाउने गरेको थियो। तर पनि लकडाउनको अवज्ञा गरी बिनाकाम लखरलखर बाहिर निस्कनेहरू उत्तिकै भए। त्यसपछि ट्राफिक प्रहरीले सर्वसाधारण तथा सवारी साधनलाई नियन्त्रणमा लिन थाल्यो।
तर पछिल्लो समय प्रहरीले हातले नभइ यन्त्रले मान्छे समात्ने गरेको छ।
मान्छेहरूलाई त्यसरी हातले समात्दा संक्रमण बढ्ने जोखिम देखिन थालेपछि प्रहरीले यन्त्रले समात्न थालेको हो।
प्रहरीको अनुसार यन्त्रको प्रयोगबाट प्रहरीले टाढैबाट लकडाउन अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिने गर्छ। उनीहरूलाई नियन्त्रणमा लिइ ३/४ घण्टा उभ्याइन्छ पनि ताकि फेरि बाहिर लखरलखर हिँड्न हिच्किचाओस्।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार उक्त उपकरणलाई 'म्यान क्याचिङ इक्युपमेन्ट' भनिएको छ।
हेर्नुस् तस्बिर: