लकडाउनको तेस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ।
तीनकुने, माइतीघर, सुन्धारा, चक्रपथ, कोटेश्वर, बसपार्कजस्ता ठाउँ सुनसान बनेका छन्।
सडकमा फाट्टफुट्ट अत्यावश्यक सवारीसाधन मात्रै गुडेका छन्।
पानी बोक्ने ट्याङ्कर, गाडी, एम्बुलेन्स, प्रेस, दूतावास लगायत चिकित्सकका सवारीसाधन फाट्टफुट्ट सडकमा देखिन्छ।
चोकचोकमा ट्राफिक प्रहरी तैनाथ छन्। पहिचान नभई सडकमा गुड्ने सवारीसाधनलाई प्रहरीले सोधपुछ गर्ने गरेका छन्।