राजधानीको कीर्तिपुर चोभारस्थित जल विनायक मन्दिर परिसरमा अरू ठाउँको भन्दा छुट्टै फागु मनाइयो।
कीर्तिपुर, नगाउँ, पांगा, चोभार र नजिकका टोल तथा समूह मिलेर बाजागाजासहित सोमबार पूजा गर्दै एक आपसमा खुसीयाली मनाइरहेका थिए।
बसन्त ऋतुको आगमनसँगै फागुको दिन हरियाली हुने र रंगीचंगी फूलहरू फुल्ने हुनाले विशेष गरी फागुको दिन स्वःपूजा अर्थात् सरस्वती पूजा गरी नेवारी समुदायले भव्य रूपमा फागु मनाउँछन्।
नेवारी समुदायले फागुको आगमनसँगै नजिकमा रहेको मन्दिरमा बाजासहित पूजा गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ।
हेर्नुहोस् तस्बिरमा यस्तो रह्यो फागु :