ट्याटू प्रेमी युवाहरूलाई लक्षित गर्दै रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेएस इन्टरटेन्टमेन्टले संयूक्त रूपमा आयोजना गरेको ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ शुक्रबारदेखि सुरु भएको छ।
कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करिब सय जनाले ट्याटू खोपाउन बुकिङ गरेको आयोजकले जनाएको छ। नख्खिपोट, बास्केट बल कोर्ट, ललितपुरमा भैरहेको कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवर्द्धन गर्नु रहेको कार्यक्रम संयोजक पुनम थापा सारुले बताइन्।
यस्ता कन्भेन्सनले ट्याटू कलाको महत्वबारे बुझाउने उनले बताइन्। कार्यक्रममा ललितपुरका स्थानीय ट्याटू कलाकारहरुले भाग लिएका छन्।
उक्त दुई दिने कार्यक्रममा साङ्गीतिक मनोरञ्जन समेत प्रदान गर्ने उद्देश्यका साथ नेपालका चर्चित कलाकार र ब्याण्डले गीत संगीत प्रस्तुत गरेका छ्न्।
यामन, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका छ्न् भने शनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिनेछन्।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रिसियस आर्ट, औरा मोशन पिक्चर, आइडियल कन्स्ट्रक्सन, धुलिखेल जिपलाइन, मदानी क्रियसन, भोग एड्भटिजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी, म्याच बक्स प्रोडक्सनले साथ दिएका छ्न्।