शेर्पा समुदायले ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाएका छन्।
बुधबार काठमाडौंको बौद्धमा शेर्पा समुदायले मौलिक पहिरनमा साँस्कृतिक झाँकी समेत प्रदर्शन गरेका थिए।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
हेर्नुस् तस्बिर :