चीनबाट फैलिएको कोभिड-१९ को त्रास संसारभर फैलिएको छ। कोभिड-१९ को संक्रमणले विश्व आक्रान्त छ। चीनमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघेको छ भने संक्रमित हुनेको संख्या ७६ हजार नाघेको छ। यसै सन्दर्भमा कोभिड- १९ विरूद्ध लडिरहेको चीनलाई समर्थन गर्न काठमाडौंको बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ।
कोरोनाविरूद्धको लडाइँमा ऐक्यबद्धता जनाउने उद्देश्यले मित्र राष्ट्र चीनलाई समर्थनस्वरूप दीप प्रज्वलन गरिएको हो।
‘नेपाल–चीन सम्बन्ध हिमालजस्तै माथि, विपत्तिमा साथ हाम्रो युगौंयुगको साथी’ नारासहित दीप प्रज्वलन गरिएको हो।
‘फर फ्रेन्डसिप, फर ह्यूमानिटी, फर चाइना, फर वर्ल्ड’ ह्यासट्यागमा कोरोनाविरूद्ध ऐक्यवद्धता जनाइएको छ।
कार्यक्रम नेपाल–चाइना हिमालयन फ्रेन्डसिप सोसाइटी र फाउन्डेसन फर ट्रान्सहिमालयन रिसर्च एण्ड स्टडिजले आयोजना गरेका हुन्।
हेर्नुस् तस्बिर :