भ्यालेनटाइन्स डे अर्थात प्रणय दिवसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। पश्चिमा मुलुकमा हरेक वर्षको फेब्रुअरी १४ मा मनाइँदै आएको भ्यालेनटाइन्स डे पछिल्ला वर्षमा नेपालमा पनि मनाइन थालेको छ।
यो दिन प्रेम बाँड्ने विशेष दिन हो। आफूले मन पराएकोलाई प्रेम प्रस्ताव गर्ने, जोडीहरू घुम्न जाने, मनका कुरा प्रेमपूर्वक एकअर्कासँग बाँड्ने दिन हो यो।
यस दिन खासगरी गुलाबको फूल दिएर प्रेम दर्शाउने गरिन्छ। राजधानीका पसलहरुमा पनि यस दिन गुलाबको फूल तथा गिफ्ट किन्नेहरुको राम्रै भीड देखिन्थ्यो। विभिन्न रेष्टुरेन्ट तथा पार्कहरुमा घुम्न आउने जोडीहरु देखिन्थे।
व्यस्त जीवनशैलीले बढाएको तनाव हटाउन, एक अर्कालाई समय दिएर मनको कुरा बुझ्ने अवसर पनि भएकाले भ्यालेनटाइन्स डे मनाउनुलाई सकारात्मक रुपमा लिनुपर्ने कतिपयको राय छ। अर्कोतर्फ यसले विकृति मौलाउने गुनासो गर्नेहरु पनि छन्।
अझ भ्यालेनटाइनको अघिल्ला सात दिन नै विशेष दिनका रुपमा लिन थालिएको छ। फेब्रुअरी ७ देखि १४ सम्म प्रत्येक दिन विशेष बन्ने गरेको छ।
फेब्रुअरी ७ मा गुलाफ दिन (रोज डे), ८ मा प्रस्ताव दिन (प्रपोज़ डे), ९ मा चकलेट डे, १० मा टेडी डे, ११ मा वाचा दिन (प्रमिस डे), १२ मा अंकमाल दिन (हग डे), १३ मा चुम्बन दिन (किस डे) र फेब्रुअरी १४ मुख्य दिन।
हेरौं यही मुख्य दिन राजधानीका विभिन्न ठाउँमा खिचिएका तस्वीरहरू।