नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सो कार्यक्रममा उपस्थित सबैले उनलाई नयाँ कार्यकालको बधाई तथा शुभकामना दिएका थिए।
मंगलबार निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाएसँगै ज्ञवालीलाई नियुक्त गरिएको हो।
हेर्नुस् तस्बिरहरू: