शनिबार तामाङ समुदायले नयाँ वर्षका रूपमा सोनाम ल्होछार २८५६ मनाएका छन्।
माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रूपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्छन्।
यो पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याउने गरेको छ।
बागमती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता छ।
देशका विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसोबास गरेका तामाङ समुदाय नयाँ वर्षको उपलक्ष्यमा टुँडिखेल भएको सांस्कृतिक महोत्सवमा सहभागी भए।
कार्यक्रममा सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेकोमा गुनासो गरेका थिए।
महोत्सवमा तामाङ समुदायको संस्कृति, भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
हेर्नुस् तस्बिर :