पश्चिमी वायुको प्रभावले वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ।
देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबार साँझसम्म जारी छ।
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।
शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि पानी परेको छ। पानी परेसँगै बजारमा मानिसहरू छाता ओढेर आफ्नो गन्तव्यतिर जाँदै छन्। कोही भने झरी नै फोटो खिच्नमा व्यस्त छन्।
चिसो बढेसँगै बजारमा मानिसहरूको चहलपहल पातलिँदै गएको छ।
हेर्नुस् भक्तपुर, पाटन र टेकु पुलमा कैद गरिएका तस्बिर :