माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकास्थित चन्दनीमा गोरु जुधाइ कार्यक्रम गरिएको छ।
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने मेला गरिँदै आएको छ। सबै गोरुलाई जित्ने गोरुका मालिकलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गर्ने गरिएको छ। कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन बीचबीचमा सांस्कृति कार्यक्रम आयोजना गरिन्छ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मामाघर जाँदा उनलाई मनोरन्जन दिलाउन मावलीले सो ठाउँमा गोरु जुधाइ गरेको किम्बदन्तिअनुसार सो मेला लाग्दै आएको छ।
काठमाडौं, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक लगायत जिल्लाका सर्वसाधारण यस दिन तारुकामा गोरुजुधाइ हेर्न आउने गर्छन्।