केहीदिनयता नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।
शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि पानी परेको छ भने काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ। पानी परेसँगै बजारमा मानिसहरू छाता ओढेर आफ्नो गन्तव्यतिर जाँदै छन्।
चिसो बढेसँगै बजारमा मानिसहरूको चहलपहल पातलिँदै गएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
तस्बिरहरू :