काठमाडौंमा विविध कार्यक्रम गरी सातौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ।
यसै अवसरमा काठमाडौंमा र्याली निकालिएको छ।
काठमाडौंका विभिन्न ठाउँबाट निकालिएको र्याली माइतीघर मण्डलामा कोणसभामा परिणत भएको छ।
राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
‘मेरो सान मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान’ भन्ने मूल नारासहित आयोजना गरिएको र्यालीमा युवाहरूको सहभागिता उल्लेख्य रहेको छ।
राष्ट्रिय पोसाकमा सजिएका उनीहरूले हातमा झण्डा समेत बोकेका छन्।
हेर्नुस् तस्बिर :