बम विस्फोट हुँदा धनुषामा २ जनाको मृत्यु हुनुका साथै प्रहरी निरीक्षक सहित ४ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट हुँदा उक्त घटना भएको एसपी शेखर खनालले बताए।
घटनामा प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतोसहित मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश साह र छोरी अञ्जली साह गम्भीर घाइते भएका छन्।
प्रहरीले विष्फोट कसले र किन गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।