थारु समुदायका दिदी-बहिनीहरूले दाजु भाइको दीर्घायूको कामना गर्दै काठमाडौंमा समा-चकेवा पर्व मनाएका छन्।
आफ्नो मौलिक गीतमार्फत् उनीहरूले बुधबार यो पर्व उत्साहका साथ मनाएका हुन्।
यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्म मनाउने गरिन्छ।
यसमा समा र चकेवाको प्रतिकको रूपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरू जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनीहरूको आकृति बनाई डालोमा राखेर घर आँगनमा गीत गाइ घुमाइ खेल्ने गर्छन्।
यो परम्परालाई भाइ-बहिनी, श्रीमान् श्रीमती, आमा–वुवा र छोरा–छोरीको बीचको आत्मियतासहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रूपमा पनि लिने गरिन्छ।
हेर्नुस् तस्बिरहरू: