भक्तपुरमा अहिले धमाधम धान भित्र्याउनेको चटारो छ।
दसैं सकिएपछि कृषकहरू अहिले खेतमा भेटिन्छन्। अन्य वर्षजस्तै यस पटक पनि किसानलाई धान भित्र्याउने चटारो छ।
भक्तपुरका किसान बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन्।
नेपालीहरूको महान पर्व बडादसैं सकिएलगत्तै किसानलाई ध्यान भित्र्याउन भ्याइनभ्याइ छ।
नजिकिँदो तिहारअघि नै धान भित्र्याउने चटारोले किसानहरू बिहानदेखि बेलुकासम्मै खेतमा काम गरिरहेका देखिन्छन्।
यहाँका किसानले विभिन्न हाइब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन्।
हेर्नुस्, तस्बिरहरू :