आज फूलपाती।
विजया दशमी दैलो दैलोमा पुगिसेको छ। जब घरमा खसीबोका, च्याङ्ग्रा पुग्छन् अनि मात्र दसैं आएको भान केटाकेटीले गर्ने गर्छन्।
यस पटक पनि दसैंका लागि खसीबोका किन्नेहरूको लस्कर आजसम्म चलिरहेको छ।
झण्डै वर्षभरिमा बेचिने खसीबोका दसैंको घटस्थापनादेखि नवमीसम्ममा पनि त्यत्तिकै संख्यामा बिक्री हुने गर्छ।
विगत वर्ष झैं यस वर्ष पनि सरकारी संस्था खाद्य संस्थानले खसीबोका विक्री गरेको छ।
संस्थानले प्रतिकिलो खसीबोका प्रतिकेजी ५ सय ५० र च्याङ्ग्रा ७ सय ३० रूपैयाँ मूल्य निर्धारण गरी विक्री वितरण गरेको थियो।
आजसम्म पनि खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ।
हेर्नुस् तस्बिरमा