काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेङ्गी लागेको छ।
ज्वरो आएपछि उपचारका लागि बुधबार अस्पताल पुगेका शाक्यलाई डेङ्गी लागेको पुष्टी भएको हो।
उनलाई त्रिपुरेश्वर स्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको छ।
मेयर शाक्यको उपचार भइरहेको र अवस्था चिन्ताजनक नरहेको डा.खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए।