जनकपुरस्थित जानकी मन्दिरमा ‘नियमित चेकजाँच’ भन्दै प्रहरीले सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।
मन्दिर खाली गराएर प्रहरीले मध्यान्ह १२ बजेदेखि सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको हो।
जानकी मन्दिरमा शंकास्पद वस्तु फेला परेको हल्ला चलेपछि प्रहरीले सुरक्षा कडा पारेको हो। तर, भएको के हो भन्ने विषयमा प्रहरीले स्पष्ट खुलाएको छैन।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले प्रहरीको नियमित चेकजाँच रहेकाले सुरक्षा कडा पारिएको बताए।
‘शंकास्पद वस्तु केही पनि फेला परेको हैन, नियमित चेकजाँच गरिएको हो,’ खनालले भने।