कीर्तिपुरका व्यापारीहरूले दसैं मेलाको विरोधमा बिहीबार बजार बन्द गरेका छन्।
दसैंका लागि कीर्तिपुर नयाँबजारस्थित गेट नजिकैको फुटबल मैदानमा विभिन्न स्टल राखेर व्यापार हुने भएपछि आफूहरूलाई नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारी आन्दोलित भएका हुन्।
मेलामा उपभोग्य सामान सस्तोमा बेचिँदा ग्राहक त्यतै जाने भएपछि व्यापारीले मेला बन्द गर्न माग गरेका हुन्। स्थानीय व्यापारीले कीर्तिपुर नगरपालिकाको भवन घेराउ गर्दै नाराबाजी गरेका थिए। मेला बन्द नगरे स्टलहरू भत्काउने चेतावनी समेत दिएका छन्।
मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए।
कीर्तिपुरका मेयर रमेश महर्जनले यस विषयमा आज दुई पक्षका व्यवसायीहरूबीच वार्ता हुने बताएका थिए।
कीर्तिपुरको फुटबल ग्राउण्डमा अहिले दसैंको व्यापार मेलाका लागि विभिन्न स्टलहरू बनाउने तथा मनोरञ्जन खेल खेलाउन निर्माण कार्यहरू भइरहेको छ। त्यहाँ गत वर्ष पनि दसैं मेला सञ्चालन भएको थियो।
तस्बिरहरू: