वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का लोकार्पण गरिएको छ।
मंगलबार ललितपुर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले सिक्का लोकार्पण गरेका हुन्।
नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २५ सय रुपैयाँ चाँदीको सिक्का, एक हजार रुपैयाँ चाँदीको सिक्का र एक सय रुपैयाँ सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का निष्कासन गरेको हो।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जोशीको चित्राङ्कित उक्त सिक्का रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट छापिएको जानकारी दिए।
‘वाङ्मय शताब्दी पुरूष जोशी जीवित इतिहास भएकाले उहाँको सिक्कालाई स्मारिकास्वरूप सदैव कदर गरी राख्नेछौं’, महर्जनले भने, ‘उक्त तीन थरिका सिक्कालाई तुरुन्तै नेपालभर प्रचारप्रसार गर्ने लक्ष्य महानगरपालिकाको छ।’
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन,उपमेयर गीता सत्याल, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला र सांसदलगायत उपस्थित थिए।
तस्बिरहरू: