मुस्लिम धर्मावलम्बीहरूले आज धुमधामका साथ बकर इद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन्।
सो धर्मावलम्बीहरूले इदपछिको ठूलो पर्व बकर इदमा ‘कुर्वानी गर्ने’ अर्थात् बलिदानीको पर्वका रूपमा मनाउने गर्छन्।
इदको अवसरमा प्रदेश २ र ५ मा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
यस अवसरमा कतिपयले आफ्नो सबभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गएर यो पर्व मनाउने गर्छन्। जसलाई हज भनिन्छ।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ। घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ।
इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ।
हेर्नुहोस् तस्बिरमा