हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी नाग पूजा मनाइएको छ।
घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ। आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ।
आजको दिनदेखि बर्खा सकिएर हिउँद सुरू भएको मान्ने प्रचलन छ ।
तस्बिरमा हेर्नुस्,