होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा २५ हेमजास्थित हेमजा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षीय एक बालकलाई होमवर्क नगरेको भनी कुटपिट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
शिक्षक त्रिपाठीले कक्षा कोठा भित्रै बिद्यार्थीलाई होमवर्क नगरेको भनि कुटपीट गरि घाइने बनाएको आरोप छ। शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विद्यालयका विद्यार्थीलाई सोमबार प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागी भएका विद्यार्थी विद्यालय पुगे पछि प्रहरीलाई खबर गरेका थिए।