गत असार २ गते समता अस्पताल हाताभित्र मृत फेला परेकी विमला तामाङका आफन्तले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बुधबार बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै आज मृतक तामाङका आफन्तले त्यसको विरोध स्वरूप नाराबाजी गरेका हुन्।
विमला तामाङलाई न्याय दे!, ज्यानमाराहरूलाई धरौटीमा छोड्न पाइँदैन, अपराधीहरूलाई छोड्न पाइँदैनजस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ समता अस्पतालमा क्लिनरको काम गर्थिन्।
हेर्नुस्, तस्बिरहरू :