मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्यो।
मध्यरातमा सुरू भएको चन्द्रग्रहण ३ घन्टाभन्दा बढी भएकोले बुधबार बिहानमात्रै अन्त्य भएको थियो।
नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटमा प्रारम्भ भएको ग्रहण बुधबार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य भएको हो।
सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ।
खण्डग्रास चन्द्रग्रहण आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरण नहुने भएकाले जसले पनि नांगो आँखाले सजिलै हेर्न सकिने छ।
हेर्नुस्, कीर्तिपुरबाट कैद गरिएका चन्द्रग्रहणको तस्बिरहरू: