त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।
नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।
विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका तीन यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो।
धावनमार्गमा जहाज चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।
प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।
उनका अनुसार काठमाडौं आउन उडेका अन्तर्राष्ट्रिय जहाजलाई डाइभर्ट गरिएको छ भने नेपालभित्रका जहाजहरूको उडान रोकिएको छ।