मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ ललितपुरको बुङ्मतीमा पनि मनाइएको छ।
सोही अवसरमा जापानका भूमि, पूर्वाधार यातायता तथा पर्यटन राज्यमन्त्री हिदेयुकी टानाकाले बुङ्मती क्षेत्रको अवलोकन गरेका छन्।
असार १५ अर्थात् दही चिउरा खाने अवसर पार्दै मन्त्री टानाकाले बुङ्मतीमा नेवारी लोकल रक्सी ‘ऐला’ र दही चिउरा चाखेका छन्।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,नेपालका लागि जापानका राजदूत मासामिची साइगोलगायत सो अवसरमा उपस्थित थिए।
उपस्थित सहभागीहरूले त्यहाँको स्थानीय महिलाहरूको दैनिकी अवलोकन गरेका थिए। महिलाले नेवारी पोसाकमा मौलिक बाजागाजासहित उनीहरूलाई स्वागत गरेका थिए।
स्थानीयले उनीहरूलाई माला लगाइ स्वागत गरेका थिए। मौलिक परम्परा र सत्कार देखेर मन्त्री टानाका हर्षित देखिन्थे।
तस्बिरहरू :