राजधानीमा मनाइने गरेको हिन्दूहरूको पर्व बिस्का जात्राको अवसरमा मंगलबारर टोखामा विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको थियो।
बिस्काः जात्रा टोखामा वैशाख १ देखि ४ गतेसम्म मनाइन्छ। शुक्रबार बिस्का जात्रा गर्न हजारौं स्थानीयको घुइँचो लागेको थियो। विभिन्न बाजागाजा, झाँकीका साथ रथ घुमाइएको थियो। कार्यक्रममा हेलिकप्टरमार्फत सिन्दुर र फूल खसाइएको थियो।