प्रदेश सरकारले हावाहुरी प्रभावितहरुका लागि अस्थायी वासको व्यवस्था गर्न लागेको छ ।
प्रदेश सरकारले प्रभावितहरुको उचित वास व्यवस्थापनका लागि बाँस तथा जस्ताको टहरा निर्माण गर्ने तयारी गरिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित राहत तथा उद्धार समितिको बैठकबाट यस सम्बन्धमा चाँडै निर्णय लिइने प्रदेश दुईका मुख्य सचिव दीपक सुवेदीले जानकारी दिएका छन् । समितिको बैठक अहिले जारी रहेको छ ।
मुख्यसचिव सुवेदीका अनुसार वाँस र जस्ताको टहरा निर्माणका साथै प्रदेश सरकारले त्रीपालहरु समेत संकलन गरिरहेको छ । विभिन्न जिल्लाका संस्थाहरु, युनिसेफ, नेपाल रेडक्रस सोसाइटी, जिल्लाका दैविक प्रकोप उद्धार समितिबाट त्रीपालहरु संकलन भईरहेको सुवेदीले जानकारी दिए ।