चट्याङ लागेर सुर्खेतमा तीन वटा पशु चौपाया मरेका छन्। चिङ्गाड गाउँपालिका–३ कालामाटास्थित टिके कामीको घरमा बिहिबार राति चट्याङ लागेर दुईवटा भैँसी र एक गोरु मरेका छन्।
उनका दुई वटा घरमा चट्याङ लागेको थियो। एक घर क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
चट्याङबाट टिके कामीकी श्रीमति ४५ बर्षीया झुपी कामी सामान्य घाईते भएकी छन् । उनको मटेला स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, शुक्रबार राति नै चिङ्गाड गाउँपालिका–५ मा रामबहादुर रानाको घरको छतमा राखेको सोलारमा चट्याङ लागेको छ । चट्याङबाट सोलारका सम्पूर्ण सामग्रीसंगै वायरिङ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।